शनिबार १५ मंसिर, २०८१
अध्यक्ष माधव नेपाल नेकपा एसकाे संसदीय दलको नेतामा चयन
काठमाडौं। पार्टी अध्यक्ष माधव नेपाल नेकपा एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा चयन भएका छन्। उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएर नेकपा एसले संसदीय दलको नेता छनोटका लागि सोमबार बैठक गरेकाे थियाे।
बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। नेकपा एसकाे संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला छानिएका छन्।
प्रतिनिधिसभामा समाजवादीका १० सदस्य निर्वाचित भएका थिए।
पुष ४, २०७९ सोमबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।