शपथै नखुवाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको इच्छामा ब्रेक लाग्यो, सात गते सांसदको शपथ

शपथै नखुवाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको इच्छामा ब्रेक लाग्यो, सात गते सांसदको शपथ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिएपछि संसद् सचिवालयले त्यस अगाडि नै निर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएको छ।

यस अगाडि शपथै नभई भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि विवाद भएको थियो।

यता सचिवालयले शपथको तयारी नै नगरेको बेला एकाएक भण्डारीले एक साताको समय तोकेर सरकार गठनको दाबी गर्न दलहरूलाई आव्हान गरेपछि सचिवालयले सात गते नै सबै सांसदहरूलाई शपथ खुवाउन लागेको हो।

सचिवालयले पुस ७ गते दिउँसाे सबै सांसदहरूलाई आफू निर्वाचित भएको प्रमाण पत्रसहित संसद् सचिवालयमा राष्ट्रिय पोसाक वा आफ्नो जातीय पोसाकमा उपस्थित हुन भनेको छ।

२०७४ मा भण्डारीले सांसदको शपथै नखाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

२०७९ मा पनि त्यही घटनाक्रम दोहोरिने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले शपथ नखुवाई प्रधानमन्त्री नियुक्त हुनु संविधान विपरीत हुने बताएका थिए।

पुष ४, २०७९ सोमबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।