सिके राउत सर्वसम्मत रुपमा जनमत पार्टीको संसदीय दलको नेता चयन

सिके राउत सर्वसम्मत रुपमा जनमत पार्टीको संसदीय दलको नेता चयन
तस्विरः जनमत पार्टीको फेसबुक पेज

काठमाडाैंः जनमत पार्टीको संसदीय दलको नेतामा पार्टीका अध्यक्ष डा. सिके राउत चयन भएका छन्। पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ।

पुष ४, २०७९ सोमबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।