एकीकृत समाजवादीले उपत्यकाबाहिर रहेका प्रतिनिधि सभा सदस्यलाई काठमाडौं बोलायो, संसदीय दलको बैठक बस्दै
काठमाडौं: एकीकृत समाजवादीले उपत्यकाबाहिर रहेका आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई काठमाडौं बोलाएको छ। पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो।
प्रतिनिधि सभामा निर्वाचित पार्टीका १० सदस्य नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ।
संसदीय दलको नेतृत्त्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यलय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए। उनका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा उनलाई सो पदको जिम्मेवारी दिने छ।
पार्टीका तर्फबाट प्रदेश सभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ।
पुष ४, २०७९ सोमबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।