रवि लामिछाने बने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता

रवि लामिछाने बने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता
तस्विरः लामिछानेकाे फेसबुक पेज

काठमाडाैं। पार्टी सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा चयन गरेको छ। आज (साेमबार) बसेको रास्वपाको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताकाे रुपमा छानेकाे हाे।

बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेतामा अनुमोदन गरेको हाे। दलकाे उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट र समानुपातितर्फ १३ सिट जितेको थियाे।

पुष ४, २०७९ सोमबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।