फाइनलपछि सन्न्यास लिने बताएका मेस्सीले विश्वकप जितेपछि गरे सन्न्यास नलिने घोषणा
एजेन्सीः कतार विश्वकपको फाइनल खेलपछि अन्तर्राष्टिय फुटबलबाट सन्न्यास लिने बताएका अर्जेन्टिनाका कप्तान लियानेल मेस्सीले विश्वकपको उपाधि जितेपछि भने सन्न्यास नलिने घोषणा गरेका छन्।
आइतबार कतार विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेपछि उनले अन्तर्राष्टिय फुटबलबाट तत्काल सन्न्यास नलिने बताए।
उनले भने, ‘म केही समय अर्जेन्टिनाको राष्ट्रिय टिममा बस्न चाहान्छु। विश्व च्याम्पियनको रूपमा राष्ट्रिय टोलीबाट अझै केही खेलको मजा लिने मेरो योजना छ।’
‘तर यो विश्वकपको उपाधि जितेपछि अब मलाई फुटबलबाट अरू केही चाहिएको भने छैन।’, उनले थपे।
पाँचौपटक फिफा विश्वकप खेलेका मेस्सीले यो विश्वकपको फाइनलमा दुई गोल र पेनाल्टी सुटआउटमा पनि गोल गरे।प्रतियोगिताभरि सात गोल गरेका उनले तीन गोलका लागि असिस्ट पनि गरे।
उनले याे विश्वकपको सर्वोत्कृष्ट खेलाडीको उपाधि, गोल्डेन बल पनि जिते। प्रतियोगितामा उनले खेलेका सात खेल मध्ये मात्र पोल्यानडसँगको एक खेलमा गोल गर्न सकेका थिएनन्। बाँकी ६ खेलमा उनले कम्तीमा एक गाेल गरेका थिए।
पुष ४, २०७९ सोमबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।