अर्जेन्टिना फुटबलको विश्वविजेता, पूरा भयो मेस्सीको सपना
काठमाडौं : विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै फुटबलको विश्व विजेता बनेको छ। आफु विश्वकपको अन्तिम खेल खेलिरहेको बताएका मेस्सी विश्वकपको ट्रफी अर्जेन्टिना ल्याउन सफल भए।
पहिलो हाफमा पेनाल्टीमा मेस्सी र डि मारियाको एक-एक गोलले अर्जेन्टिनालाई अग्रता दिलाए पनि खेल पेनाल्टीमा पुगेर निर्णायक भयो।
डि एरियामा फ्रान्सले फल गर्दा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाले वर्ल्ड कप फाइनलमा एक गोलको अग्रता लिएको थियो।
डि मारियाले दोस्रो गोल गरे। फ्रान्सले पटक पटक प्रयास गरे पनि गोल गर्न सकेन। पहिलो हाफको अग्रता नै निर्णायक भयो र सन् २०२२ को फुटबल विश्वकपको विश्व विजेता अर्जेन्टिना भयो।
दोस्रो हाफको ७९ मिनेटमा फ्रान्सले पेनाल्टी पायो। गोल भयो। एम्बाप्पेले गोल थपे। एक्स्ट्रा टाइममा मेस्सीले गोल गरे। फ्रान्सले पेनाल्टीमा गोल गर्यो। पेनाल्टीमा फ्रान्सले २ गोल मिस गर्यो र अर्जेन्टिना बिजेता बन्यो।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको हो। अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो। १९३०, १९९० र २०१४ मा फाइनलमा पुगे पनि विजेता हुन सकेन।
पुष ३, २०७९ आइतबार २३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।