दीपिका र इकरले वर्ल्ड कप ट्रफी मैदानमा ल्याए
एजेन्सी : फिफा विश्वकप कतार २०२२ अन्तर्गत फाइनल खेलअघि भारतीय अभिनेत्री दीपिका पादुकोण र स्पेनिस गोलरक्षक इकर कासिलासले विश्वकप ट्रफी मैदानमा ल्याएका छन्।
फाइनल खेलमा टोली मैदान प्रवेश गर्नुअघि परम्परागत रूपमा फिफा विश्वकप ट्रफी मैदानमा ल्याउने प्रचलन छ। सोही कार्यक्रममा अभिनेत्री पादुकोण र इकर कासिलासले कतार विश्वकपको ट्रफी मैदानमा ल्याएका हुन्।
दीपिका फिफाको पार्टनर लुइस भूतोंको प्रतिनिधिका रूपमा ट्रफी बोकेकी हुन् भने कासिलास सन् २०१० मा स्पेनले विश्वकप जित्दा टोलीका कप्तान थिए।
पुष ३, २०७९ आइतबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।