कैलालीमा सुनचाँदी व्यवसायीलाई गोली हानियो
काठमाडौँ : कैलालीको अत्तरियामा गोली लागेर सुनचाँदी व्यवसायी घाइते भएका छन्। गोली लागेर न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते भएका हुन्।
आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उनलाई गोली हानेर भागेका हुन्। उनको पाखुरामा गोली लागेकाले अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएको स्थानीय प्रहरीले जनाएका छन्।
कसले के कारण उनीमाथि गोली हानेको भन्ने खुलेको छैन। गोली हान्न संलग्नको पहिचान पनि हुन सकेको छैन। उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
पुष ३, २०७९ आइतबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।