सानिमाले १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश दिने

सानिमाले १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : सानिमा बैङ्क लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

आइतबार भएको १८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बैङ्कका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औँ वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन्।

आर्थिक वर्ष २०७८-७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैङ्कको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको बैङ्कले जनाएको छ।

आर्थिक वर्ष २०७७-७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको बैङ्कले जानकारी दिएको छ।

पुष ३, २०७९ आइतबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।