राष्ट्रपति भण्डारीले दिइन् सरकार गठनका लागि सात दिनकाे समय

राष्ट्रपति भण्डारीले दिइन् सरकार गठनका लागि सात दिनकाे समय

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गर्न र सरकार गठनका लागि ७ दिनको समय दिएकी छन्। उनले आइतबार संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन्।

संविधानको धारा ७६ को उपधारा (१) अनुसार कुनैपनि दलको स्पष्ट बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा (२) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन्।

यसका लागि पुस १० गते साँझ ५ बजेसम्मको सयमा प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने छन्।

पुष ३, २०७९ आइतबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।