१०० वर्षको उमेरमा पनि दैनिक तीन घण्टा कसरत गर्छन् यी व्यक्ति

१०० वर्षको उमेरमा पनि दैनिक तीन घण्टा कसरत गर्छन् यी व्यक्ति

एजेन्सीः पहिलेका मानिसहरू सय वर्षसम्म बाँच्ने गर्थे। अहिलेको मानिसकाे औसत उमेर भने ७०-८० वर्षकाे मात्र छ। यसको मुख्य कारण पछिल्लो समयमा मानिसहरूमा जीवनशैलीमा आएको परिवर्तन र शारीरिक निष्क्रियता नै हो।
 

तर, यो युगमा पनि केही यस्ता मानिस छन्, जाे सय वर्षको उमेरसम्म बाँचिरहेका छन्। उनीहररूको राम्रो स्वास्थ्यको रहस्य भनेकाे स्वस्थ खानपान र जीवनशैली नै हो।

अमेरिकी नागरिक लेस सभिनो यसै वर्षकाे अगस्टमा सय वर्षको भए। यति लामो जीवन बिताएका लेसले लगभग ४० वर्षदेखि एकैखाले कसरत पछ्याइरहेका छन्।

उनी आफ्नो दीर्घायु र फिटनेसको श्रेय आफूले हप्ताको पाँच दिन गर्ने जिम वर्कआउटलाई दिन्छन्। सभिनो बिहान सबेरै उठ्छन्। यसपछि उनी तीन घण्टा (७ः३० देखि १०:३० सम्म) व्यायामका लागि जिममा बिताउँछन्।

उनले यो काम सन् १९८३ देखि नियमित गर्दै आएका छन्। उनी आफ्नो खानपानमा निकै सचेत छन्। उनको दैनिक आहार धेरै अनुशासित छ।

लेसलाई औषधि र चक्कीहरूमा भर पर्न मन पर्दैन। उनी धेरै तरकारी र समुद्री खाना खान मन पराउँछन्। भुटेको मसालेदार वस्तुहरू उनको खानामा समावेश हुँदैनन्।

उनी भन्छन्, ‘अहिले मलाई जिम जानै मन लाग्दैन किनभने म १०० वर्षको भैसकें। तर पनि जान्छु। मलाई थाहा छ, यदि म जीवनको आनन्द लिन चाहन्छु भने यो आवश्यक छ।’

‘१०० वर्ष पुगिसकेका अधिकांश मानिसहरू जीवनको आनन्द लिन सक्दैनन्। मेरो दिनहरू म 30 वर्षको हुँदा जस्तै सामान्य छ। औषधि भन्दा व्यायाम राम्रो छ। धेरै मानिसहरू चक्कीमा मात्र बाँच्छन्, तर म त्यस्ताे छैन। हो म उच्च रक्तचापको लागि चक्की खान्छु। तर यो मेरो सीमा हो।’, उनले थपे।

उनी सोमबारदेखि शुक्रबारसम्म जिममा कसरत गर्छन्। अन्य दिनमा उनी कार्डियोमा ध्यान दिन्छन्।

पुष ३, २०७९ आइतबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।