गोकुलले जित्दा गणेश लामा संकटमा, तीनजनालाई कारबाही सिफारिस

गोकुलले जित्दा गणेश लामा संकटमा, तीनजनालाई कारबाही सिफारिस

काभ्रेः एमाले उम्मेदवार गोकुल बास्कोटालाई जिताउन भूमिका खेलेको आरोप लगाउँदै काभ्रे कांग्रेसले गणेश लामासहित तीन नेतालाई कारबाहीको सिफारिस गरेको छ। काभ्रे जिल्ला कार्य समिति र अनुशासन समितिले केन्द्रीय सदस्य लामासहित तीन जनालाई अनुशासनको कारबाहीको सिफारिस गरेको हो।

समितिकाे बैठकले लामासहित केन्द्रीय सदस्य मधुप्रसाद आचार्य र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महेश खरेललाई कारबाहीको सिफारिस गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा काभ्रे जिल्ला सभापति तीर्थ लामाले तीनै जनालाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी गरेको कारबाही जिल्ला कार्यसमितिले अनुमोदन गरेको जानकारी दिएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको पाइएमा केन्द्रीय अनुशासन समितिमा पठाउनु भन्ने परिपत्र अनुसार तीनै जनाविरूद्ध परिपत्र र उजुरी परेको थियो।

काभ्रेमा शिवप्रसाद हुँमागाई हारेका थिए। महेश र शिवविच लामो समयदेखी असहयोग चलिरहेको छ। यो पटक पनि उनी सक्रिय भएनन्। प्रदेशको टिकटको आकांक्षी गणेशले टिकट पाएनन्। तिर्थ उठे। गणेश काठमाडौंमै बसे। खरेल मेयर हुन्। 

पार्टिमा लामा विजयकुमार गच्छदारनिकट हुन्। आचार्य रामचन्द्र पौडेलनिकट र निवर्तमान जिल्ला सभापति हुन्। खरेल देउवानिकट पूर्वशिक्षामन्त्री राजेन्द्र खरेलका छोरा हुन्।

हुमागाईंलाई हराउन लामा, आचार्य र खरेलले भूमिका खेलेको आरोप जिल्ला पार्टीले लगाएको छ। तिर्थ लामा प्रदेशमा बल्लबल्ल जितेका थिए।

पुष ३, २०७९ आइतबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।