बाराही हाइड्रोको आईपीओ बाँडफाँट

बाराही हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं: बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सर्वसाधारणका लागि कम्पनीले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट आज गरिएको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँट भएको हो। कम्पनीले प्रतिशेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार ४२१ आवेदकले एक करोड ४३ लाख ५१ हजार ८३० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

कम्पनीले योग्य ११ लाख ९१ हजार २८४ मध्ये ५१ हजार ५२२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरेको हो।

निष्काशित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

पुष ३, २०७९ आइतबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।