याे पटक धेरैकाे चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छः फ्रान्सका प्रशिक्षक डेस्च्याम्पस

याे पटक धेरैकाे चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छः फ्रान्सका प्रशिक्षक डेस्च्याम्पस
तस्विरः बीबीसी

एजेन्सीः अघिल्लाे विश्वकपकाे उपाधि जितेका फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्पस लगातार दाेस्राे संस्करणकाे विश्वकप जित्ने हालसम्म कै दाेस्राे प्रशिक्षक बन्ने तयारीमा छन्।

यसका लागि उनकाे टिमले आइतबार राती हुने फाइनल खेलमा अर्जेन्टिनालाई हराउनु पर्ने हुन्छ।

याे विश्वकपमा धेरैकाे चाहना मेस्सी र अर्जेन्टिनाले विश्वकप जिताेस् भन्ने रहेकाे डेस्च्याम्पस् आफैं स्विकार्छन्। तर यसले आफ्नाे टिमलाई  केही फरक नपर्ने उनले बताए।

‘अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना याे पटक मेस्सीले विश्वकप जितुन् भन्ने छ। यसमा फ्रान्सकै केही पनि छन्।’ उनले भने।

‘सबै मेस्सीकाे पछाडि लागेकाले म प्राय एक्लै परेकाे महसुस गर्छु। तर फ्रान्सलाई जिताउन म एक्लै परेपनि ठिक छ।मेराे प्रमुख उद्देश्य विश्वकप उपाधि जित्नु हाे। त्याे बाहेक अरु मैले साेचेकाे छैन।’

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा डेस्च्याम्पस टिमका कप्तान थिए।

पुष ३, २०७९ आइतबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।