जीपको ठक्करबाट महिलाको गयो ज्यान

जीपको ठक्करबाट महिलाको गयो ज्यान

काठमाडौं: बाँकेको कोहलपुर नगरपालिका- ११ मा हिजो साँझ जीपको ठक्करबाट पैदल हिँडिरहेकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छिन्।

कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। हिजो साँझ साढे ६ बजे बा१ञ २४३८ नम्बरको जीपले पैदल हिँडिरहेकी गुरुङलाई ठक्कर दिएको थियो।

दुर्घटना पश्चात जीपसहित फरार रहेका चालकलाई गए राति सवा ९ बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुले जानकारी दिएको छ।

पुष ३, २०७९ आइतबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।