कतार विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

कतार विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

काठमाडौं : सन् २०१८ को विश्वकपमा उपविजेता बनेको क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकपमा तेस्रो भएको छ।

खलिफा इन्टरनेशनल स्टेडियममा भएको मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको सातौं, नवौं र बयालिसौं मिनेटमा गोल भएको हो। खेलको सातौं मिनेटमा जोस्को जीभार्डियलले गरेर क्रोएसियालाई सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता दुई मिनेट पनि टिक्न पाएन।

नवौं मिनेटमा मोरस्क्कोका अचरफ दारीले फ्रिकिकबाट आएको बललाई हेडमार्फत गोल फर्काएर १–१को अवस्थामा पुर्याए।

खेलको बयालिसौं मिनेटमा मिस्लाभ अर्सिकले गोल गर्दै क्रोएसियाको जित सुनिश्चित गरे।

सेमिफाइनलमा क्रोएसियमा अर्जेन्टिनासँग पराजित हुँदा मोरक्को फ्रान्ससँग पराजित भएको थियो।

प्रतियोगिता अन्तर्गत आइतबार राति पौने ९ बजे फ्रान्स र अर्जेन्टिनाको फाइनल खेल हुनेछ।

पुष २, २०७९ शनिबार २२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।