कतार विश्वकप : दुई मिनेटको अन्तरमा दुई गोल
काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानको लागि भएको खेलमा दुई मिनेटको अन्तरमा दुई गोल भएको छ।
खलिफा इन्टरनेशनल स्टेडियममा भएको क्रोएसिया र मोरक्कोबीचको खेलको सातौं र नवौं मिनेटमा गोल भएको हो।
खेलको सातौं मिनेटमा जोस्को जीभार्डियलले गरेर क्रोएसियालाई सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता दुई मिनेट पनि टिक्न पाएन।
नवौं मिनेटमा मोरस्क्कोका अचरफ दारीले फ्रिकिकबाट आएको बललाई हेडमार्फत गोल फर्काए।
सेमिफाइनलमा क्रोएसियमा अर्जेन्टिनासँग पराजित हुँदा मोरक्को फ्रान्ससँग पराजित भएको थियो।
प्रतियोगिता अन्तर्गत आइतबार राति पौने ९ बजे फ्रान्स र अर्जेन्टिनाको फाइनल खेल हुनेछ।
पुष २, २०७९ शनिबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।