बुटवलमा ठेलाबाट चोरेको बदाम र चकलेट फिर्ता माग्दा चक्कु हानेर हत्या

बुटवलमा ठेलाबाट चोरेको बदाम र चकलेट फिर्ता माग्दा चक्कु हानेर हत्या

रुपन्देही : बुटवलमा चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको हो।

हत्या अभियोगमा बुटवल उपमहानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट घटनामा प्रहार भएको चक्कुसमेत फेला परेको थियो।

सात जनाले आफ्नो ठेलामा रहेको बदाम र चकलेट चोरेर लगेपछि सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष २, २०७९ शनिबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।