जसपाले पुस १८ र १९ मा निर्वाचनको समीक्षा गर्ने
काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले पुसको मध्यमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा गर्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक सूचना जारी गर्दै पार्टीको राजनीतिक समितिको बैठक पुसको १८ र १९ गते गर्ने जनाएका हुन्।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्नेछ। बिहान ११ बजे बैठक बस्ने समय तय भएको छ।
राजनीतिक समितिको बैठकका कार्यसूचीहरूमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा रहेको छ। यस्तै विधान अधिवेशनको बारेमा पनि छलफल हुने बताइएको छ।
पार्टी संगठन तथा आगामी कार्यदिशाका बारेमा पनि राजनीतिक समितिको बैठकमा छलफल हुने बस्नेतले जानकारी दिएका छन्।
पुष २, २०७९ शनिबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।