विश्वकप: तेस्रो हुनलाई भिड्दै क्रोएसिया र मोरक्को
काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा अन्तिम दुई खेल बाँकी छ। आज तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दैछन्।
यी दुई सेमिफाइनलिस्टबीच हुने खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ। सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको मोरक्को र गत संस्करणको उपविजेता क्रोएसियाबीच यसअघि भएको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो।
खेल खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ। कतारका अब्दुलरहमान अल जासिम तेस्रो स्थानका लागि हुने खेलको मुख्य रेफ्री हुनेछन्।
यस्तै भोलि अर्थात् आइतबार राति ८:४५ बाट फाइनल खेल हुनेछ। उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।
पुष २, २०७९ शनिबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।