बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३६ पुग्याे

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३६ पुग्याे

एजेन्सी : बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पीएमसीएचमा रिफर गरिएका तीनजना बिरामीको मृत्यु भएको छ।

यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। विषाक्त मदिरा पिएर घरभित्र लुकेर उपचार गराउँदै आएका यी व्यक्तिहरु ।

सिभिल सर्जन र अन्य धेरै टोलीले यस क्षेत्रमा घर–घर पुगेर अनुसन्धान गरिरहेका छन्। यति धेरै मृत्युको खबर सुनेपछि मानिसहरूलाई सावधानी अपनाउन अपील गरिएको छ।

बिहारमा ६ वर्षअघि मदिरा प्रतिबन्धपछि नक्कली रक्सी खाँदा मानिसको मृत्यु हुने यो सबैभन्दा ठूलो घटना हो।

यूपी, हरियाणाबाट रक्सी आउँदैछ– तेजस्वी
बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले उत्तर प्रदेश र हरियाणाबाट बिहारमा मदिरा आपूर्ति भइरहेको बताएका छन्।

‘भाजपा सत्तामा भएको यूपी र हरियाणाबाट धेरैजसो रक्सी यहाँ आउँछ, उनीहरूले त्यसबारे कुनै पनि छानबिन गरिरहेका छैनन्। विपक्षी नेताको घरमा १०८ बोत्तल रक्सी भेटिएको हामीलाई थाहा छ।’ उनले भने।

यसैबीच प्रहरीले मदिरा कारोबारीलाई कडाइका साथ कारबाही गरिरहेको दाबी गरेको छ।

बिहारको सारणमा नक्कली मदिराका कारण मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले मदिरा बनाउनेलाई निरन्तर कारबाही गरिरहेको छ। पछिल्लो २४ घण्टामा जिल्लाबाट ८७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ६१ लिटर मदिरा बरामद, ३० डिस्टिलरी नष्ट र १३ हजार लिटर आधा पकाएको मदिरा नष्ट गरेको छ।

प्रहरी कार्यालय सारणबाट जारी विज्ञप्तिमा पछिल्लो ७२ घण्टामा २ सय १३ जनालाई पक्राउ गरी ५ हजार १ सय ७९ लिटर मदिरा बरामद गरिएको जनाएको छ।

पुष १, २०७९ शुक्रबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।