रवि लामिछाने स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्ने पक्का

रवि लामिछाने स्वतन्त्र पार्टीको संसदीय दलको नेता बन्ने पक्का

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संसदीय दलको नेता बन्ने पक्का भएको छ।

शुक्रबार पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सात सांसदहरूको बैठकले सभापछि लामिछानेलाई नै चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

लामिछानेबाहेक अन्यले संसदीय दलको नेताका लागि उम्मेदवारी नदिने भएपछि उनी नै निर्विरोध चयन हुने पक्का भएको हो।

बैठकमा समानुपातिक निर्वाचत पद्धतीबाट आएका १३ सांसद्लाई भने बोलाइएको थिएन। प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा स्वतन्त्र पार्टीको २० सिट छ।

यसैबीच बैठकमा सांसद्हरूले अहिले नै सरकारमा जान नहुने सुझाव दिएका छन्। पार्टी सभापति लामिछानेले सरकारमा जानेबारे सार्वजनिक मिडियाबाट बोलेपछि अधिकांश सांसदले सरकारमा जान नहुने सुझाव दिएका हुन्।

अहिले कै नेतृत्त्वको सरकारमा जाँदा त्यसले पार्टीको भविष्यलाई नै अप्ठ्यारोमा पार्ने भन्दै बाहिरै बसेर खबरदारी गर्नुपर्नेमा जोड दिए।

जवाफमा सभापति लामिछानेले आफू सबैको सुझाव र सल्लाहकै आधारमा अघि बढ्ने बताए।

पुष १, २०७९ शुक्रबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।