बुटवलकाे मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्म वृहत पदयात्रा हुने

बुटवलकाे मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्म वृहत पदयात्रा हुने

बुटवल। ‘पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) लुम्बिनीले बुटवलकाे मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्म साढे ३ किलोमिटर वृहत पदयात्रा आयोजना गर्ने भएको छ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उक्त पदयात्राको तयारी पुरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताइन्। पदयात्रा फूलबारीदेखि नुवाकोटसम्मकाे साढे ३ र फर्कदाकाे साढे ३ गरि कुल ७ किलोमिटरको हुनेछ।

यस यात्रामा सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसँगै पर्यटन पुर्वाधारहरुकाे समेत अवलाेकन गरिनेछ।पदयात्रा कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने छ।

पदयात्रामा सरसफाईको अभियानलाई समेत जोडिएको पन्तले बताइन्। बुटवलदेखि नजिकै रहेको पर्यटकिय स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन हुने गरि कार्यक्रम गरिएको संयोजक गणेश भट्टराईले बताए।

पुष १, २०७९ शुक्रबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।