मलेसियाको राजधानी क्वालालम्पुरमा पहिरो, दुई जनाको मृत्यु, ५१ बेपत्ता

मलेसियाको राजधानी क्वालालम्पुरमा पहिरो, दुई जनाको मृत्यु, ५१ बेपत्ता
तस्बिर: बीबीसी

एजेन्सी: मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। यस्तै ५१ जना बेपत्ता भएका छन्।

स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ। यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ।

अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ।

अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य मन्त्रालय र स्मार्ट टोली जस्ता अन्य निकायहरूको सहयोगमा खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ।

पुष १, २०७९ शुक्रबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।