हिरोइनको उमेर आफ्नो छोरीसमान भएपछि 'किस' गर्न मानेनन् रवि तेजाले
एजेन्सी: दक्षिण भारतीय चर्चित कलाकार रवि तेजाले 'किस' सिन दिन अस्वीकार गरेका छन्। आफ्ना पछिल्ला फिल्ममा हिरोइनलाई चुम्बन गरेको दृश्यकै कारण चर्चाको पात्र बनेका रविले यस पटक भने चुम्बनको दृश्य नगर्ने भएका हुन्।
उनले चुम्बन सिन दिन अस्वीकार गरेको फिल्म हो- धमाका। फिल्मकी नायिका हुन्- श्रीलीला। पछिल्लो समय दक्षिण भारतीय चलचित्रमा नाम कमाएकी अभिनेत्री श्रीलीलासँग चुम्बन गर्न किन मानेनन् त रवि तेजा?
यसको दुई वटा कारण छन्। पहिलो- रवि तेजा ५४ वर्ष पुगिसकेका छन्। अनि श्रीलीला जम्मा २१ वर्षकी छिन्। यही उमेरकै कारण आफूभन्दा निकै कान्छी अभिनेत्रीलाई रविले चुम्बन नगर्ने भएका हुन्।
रविकी छोरी मोक्षदा भूपतिराजु नै १९ वर्षकी छिन्। आफ्नो छोरीसमानको कलाकारलाई उनले चुम्बन नगर्ने भएका हुन्।
अर्को, जुन-जुन फिल्ममा रविले चुम्बनको दृश्य दिएका छन् त्यो-त्यो फिल्म फ्लप सावित भएको छ।
यो फिल्म डिसेम्बर २३ मा रिलिज हुँदैछ।
पुष १, २०७९ शुक्रबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।