धान कुट्ने मिलको फित्तामा बेरिएर मृत्यु

धान कुट्ने मिलको फित्तामा बेरिएर मृत्यु
फाइल तस्बिर

धनुषा : धान कुट्ने मिलको फित्ताम बेरिएर एक युवकको मृत्यु भएको छ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालो देवी साहको धान कुट्ने मिलको फितामा बेरिएर बिहीबार बिहान मृत्यु भएको हो।

धान कुटाउने क्रममा मिलको फितामा साडी र बर्को बेरिन गई मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ।

मंसिर २९, २०७९ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।