कात्तिकमा ३० अर्बले बढ्यो विदेशी मुद्रा सञ्चिती

कात्तिकमा ३० अर्बले बढ्यो विदेशी मुद्रा सञ्चिती

काठमाडौं : चालु आर्थिक वर्षको कात्तिक महिनामा विदेशी मुद्रा सञ्चिती बढेको छ।

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती २.५ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा १२४६ अर्ब २७ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती २०७९ असार
मसान्तमा १०५६ अर्ब ३९ करोड रूपैयाँ रहेकोमा कात्तिक मसान्तमा ३.३ प्रतिशतले बढेर १०९१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिती २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आएर १५५ अर्ब ५ करोड रूपैयाँ कायम भएको छ।

२०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ।

मंसिर २९, २०७९ बिहीबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।