समलिङ्गी विवाह विधेयकमा राष्ट्रपति बाइडेनकाे हस्ताक्षर, भने– ‘लब इज लब’

समलिङ्गी विवाह विधेयकमा राष्ट्रपति बाइडेनकाे हस्ताक्षर, भने– ‘लब इज लब’

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी विवाह विधेयकलाई प्रमाणीकरण गरेर कानूनको रूप दिएका छन्।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार यो विधेयकमा हस्ताक्षर भएसँगै अब समलिङ्गी विवाहलाई मान्यता दिइनेछ। सन् २०१५ मा त्यहाँको सर्वोच्च अदालतले देशभर समलिङ्गी विवाहलाई प्रतिबन्ध लगाएको थियो।

हस्ताक्षरपछि बाइडेनले भने– ‘अमेरिकी नागरिकहरू लामो समयदेखि यो क्षणको प्रतिक्षा गरिरहेका थिए। समानता र न्यायको पक्षमा रहेकाहरूले कहिल्यै हार मानेनन्। यो क्षण उनीहरूका लागि महत्त्वपूर्ण छ।’

विधेयकलाई कानूनी मान्यता दिनका लागि डेमोक्र्याट र रिपब्लिनक एकै ठाउँमा उभिएका थिए।

अमेरिकी राष्ट्रपतिले प्रत्येक व्यक्तिलाई माया गर्ने, विवाह गर्ने र कोसँग विवाह गर्ने भन्ने अधिकार भएको बताए। अमेरिकामा बस्ने प्रत्येक नागरिकलाई आफूले माया गरेको व्यक्तिसँग विवाह गर्ने अधिकार भएको स्पष्ट पार्दै उनले भने, ‘लब इज लब।’

जुनमा सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई संरक्षण गर्ने निर्णयलाई उल्टाएको थियो। त्यसबेलादेखि अमेरिकाका मानिसहरूलाई समलिङ्गी विवाह पनि खतरामा पर्न सक्ने डर थियो। त्यसपछि बाइडेनको सरकारले समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक ल्यायो।

उक्त विधेयक साउनमा प्रतिनिधिसभामा पेश भएको थियो। सदनले उक्त विधेयकलाई कानूनमा परिणत गर्ने निर्णय गरेको थियो, त्यसपछि यसलाई नोभेम्बर १६ मा सिनेटमा पठाइएको थियो।

नोभेम्बर ३० मा सिनेटले बिल पारित गरी राष्ट्रपति बाइडेनलाई पठायो। १४ डिसेम्बर अर्थात आजको दिन बिडेनले समलिङ्गी विवाह विधेयकमा हस्ताक्षर गरी यसलाई कानून बन्यो।

३२ देशमा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएको दि गार्जियनको रिपोर्टमा उल्लेख छ। समलिङ्गी विवाहको कानूनी अवस्थाको बारेमा कुरा गर्दा विश्वमा ३ प्रकारका देश छन्।

समलिङ्गी विवाहलाई अनुमति दिने, समलिङ्गी सम्बन्धहरूलाई अनुमति दिएका तर विवाहलाई अनुमति नदिने तथा समलिङ्गी सम्बन्ध र विवाह दुवै प्रतिबन्धित देश गरी तीन प्रकारका कानून भएका देशरू छन्।

विश्वका १२० देशमा समलैंगिकतालाई अपराध मानिएको छैन। यद्यपि अहिलेसम्म ३२ देशमा मात्रै समलिङ्गीलाई विवाहलाई कानूनले अनुमति दिएको छ। यसको मतलब संसारमा ८८ देशमा समलिङ्गी सम्बन्धलाई अनुमति छ तर समलिङ्गी विवाहलाई अनुमति छैन।

२००१ मा नेदरल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वको पहिलो देश थियो। यसबाहेक यमन, इरानलगायत विश्वका १३ देश छन्, जहाँ समलिङ्गीसँग विवाह गरेपछि पनि मृत्युदण्ड दिइन्छ।

मंसिर २८, २०७९ बुधबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।