लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीबाट औपचारिक काम थाल्दै, राप्ती गाउँपालिकामा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीबाट औपचारिक काम थाल्दै, राप्ती गाउँपालिकामा सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले बुधबारदेखि स्थायी राजधानी देउखुरीबाट औपचारिक काम थाल्दैछ।

नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइएसँगै औपचारिक काम थालनी गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सो अवसरमा प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् भने सारिएका अन्य मन्त्रालयको पनि आजै उद्घाटन हुनेछ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ र प्रदेशसभा निर्वाचनका विजयी सांसद, स्थानीयबासीसहित २ हजारभन्दा बढीको सहभागी हुनेछन्।

स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ।

राप्ती उपत्यकाभित्रका राजपुर, गढवा, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट विभिन्न जाति, भाषा, समुदायका मौलिकता झल्काउने झाँकी तथा नृत्य प्रदर्शन पनि गरिनेछ।

बुधबारको कार्यक्रमलाई सफल पार्न राप्ती गाउँपालिका कार्यालय मसुरियामा बसेको राजधानी व्यवस्थापन तथा समन्वय मूल समितिको बैठकले विभिन्न निर्णय गरेको छ।

मंसिर २८, २०७९ बुधबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।