कङ्गोमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

कङ्गोमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

एजेन्सी : कङ्गोमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ। 

राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको हो।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

मंसिर २७, २०७९ मंगलबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।