आईएसले लियो काबुल होटलमा भएको घातक आक्रमणको जिम्मा

आईएसले लियो काबुल होटलमा भएको घातक आक्रमणको जिम्मा

एजेन्सी : चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस)ले सोमबार काबुलको एउटा होटलमा भएको घातक आक्रमणको जिम्मा लिएको छ।

आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।

घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते  भएको र तीन जनाको मृत्यु भएको जनाएको छ।

अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २ः३० बजे भएको बताएका छन्।

मंसिर २७, २०७९ मंगलबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।