जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जन बढी बेपत्ता

जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जन बढी बेपत्ता
तस्बिर: बीबीसी

एजेन्सी: शनिबार संयुक्त अधिराज्यको जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। सोही विस्फोटमा एक दर्जन बेपत्ता भएका छन्।

सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै घटनाबारे जनाकारी गराएको हो। स्थानीय समयअनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो।

राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपत्कालीन सेवाहरूले घटनास्थलमा पुगेर उद्धार कार्य अगाडि  बढाएको जानकारी दिए। 

उक्त तीन तले भवन "पूर्ण रूपमा भत्किएको" र वरपरको दृश्य हृदयविदारक देखिएको थियो। बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मंसिर २५, २०७९ आइतबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।