मुख्यमन्त्री केसी साइत हेरेर कार्यालय प्रवेश
दाङ : लुम्बिनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसी साइत हेरेर नवनिर्मित कार्यालयमा प्रवेश गरेका छन्।
राजधानी स्थलमा निर्मित मुख्यमन्त्री निवासमा साइत हेरेर मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ९ बजे शुभ साइत पारेर प्रवेश गरेका हुन्।
साबिक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निवास तयार पारिएको छ।
विसं २०७७ असोज २० मा प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानीको टुङ्गो लगाएको थियो।
निर्णय भएको दुई वर्ष दुई महिनापछि मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा स्थापना गरिएको छ। अन्य मन्त्रालयसमेत स्थापनाको तयारी भइरहेको छ।
मंसिर २३, २०७९ शुक्रबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।