अफ्रिकाको जङ्गलमा हराएका ४ वर्षीय बालककाे जीवितै उद्दार

अफ्रिकाको जङ्गलमा हराएका ४ वर्षीय बालककाे जीवितै उद्दार

एजेन्सी : केन्याका एक चार वर्षीय बालक अफ्रिकाको जङ्गलमा हराएको ६ दिनपछि जीवितै उद्धार गरिएको छ।

जङ्गली जनावरहरूबीच ६ दिसम्मा बच्चा सुरक्षित हुनु आफैँमा चमत्कारभन्दा कम नभएको भन्दै चर्चा भइरहेको छ।

बच्चा बाँच्नसक्छ भन्ने कसैले अनुमान नगरेको अवस्थामा उद्धार टोलीले बालकलाई सकुशल फेला पारेको हो।

डेली स्टारको खबरअनुसार बालकको घर आसामा हो। जहाँबाट उनी आँधीबेहरीमा भाइसँग छुट्टिएर ११ माइल टाढाको जङ्गलमा पुगेका थिए।

बालक हराएपछि ७० जना टोलीको शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले पूरै जङ्गलमा खोजेको थियो। हराएको ६ दिनपछि पाइलट रोन कार–हार्टले बच्चालाई रूख र झाडीहरूको बीचमा देखे।

६ दिनसम्म जङ्गली जनावरको बीचमा बसेर पनि यति सानो बालक कसरी जीवित रह्यो भन्ने कुरा उसले आफ्नो आँखालाई पत्याउन सकेन।

बच्चा भोकले निकै कमजोर भएको थियो। अहिले उनलाई अस्पताल भर्ना गरिएको छ।

मंसिर २३, २०७९ शुक्रबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।