बिरामी छाेरी कुर्न गएकी आमाकाे मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु 

बिरामी छाेरी कुर्न गएकी आमाकाे मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु 

पोखरा : मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा बिरामी भेट्न गएकी पोखरा महानगरपालिका–१८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्ती मगरको मृत्यु भएको हो।

मुटुसम्बन्धी विरामी भएर अस्पतालमा भर्ना भएकी छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनले पछाडिको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जनाएको छ।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको अवस्थामा पछाडि जानुको कारण नखुलेको जनाएको छ।

मंसिर २३, २०७९ शुक्रबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।