सिनेमा हलमा ‘वर्ल्डकप’ देखाए कारबाही गर्ने विकास बोर्डको चेतावनी
काठमाडौं : चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन नदेखाउन निर्देशन दिएको छ।
नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण गर्न लागेको सूचना आएपछि बोर्डले सूचना निकालेर त्यसो नगर्न निर्देशन दिएको हो।
विश्वकपका खेलहरू हलमा देखाए कारबाहीको चेतावनी पनि बोर्डले दिएको छ।
‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’ विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ, ‘अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ।’
अहिले कतिपय सिनेमा घरहरूले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन्।
मंसिर २३, २०७९ शुक्रबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।