‘केजीएफ’ अभिनेता कृष्णाजी रावको मृत्यु

‘केजीएफ’ अभिनेता कृष्णाजी रावको मृत्यु

एजेन्सी : दक्षिण भारतीय कन्नड फिल्म ‘केजीएफ’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अभिनेता कृष्णाजी रावको मृत्यु भएको छ।

फोक्सोको संक्रमणका कारण लामो समयदेखि बिरामी रहेका ७० वर्षीय रावको बैंग्लोरको विनायक अस्पतालमा मृत्यु भएको पिंकभिल्लाले जनाएको छ।

राव एक दिन आफन्तको घर जाँदै गर्दा उनी थकित भए। राति अबेर नजिकैको अस्पतालमा भर्ना गरिएका उनको त्यहाँ लामो समयसम्म आईसीयूमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनले बुधबार अन्तिम सास फेरे।

रावले ‘केजीएफ’ फिल्ममा खानीका मजदुरहरूबीच रहेको दृष्टिविहीन वृद्धको भूमिका निर्वाह गरेका थिए। गार्डहरूले मजदुरहरूमाथि गरेको ज्यादतीको फन्दा एकदिन वृद्ध पनि पर्छन् र उनलाई यश (रकी)ले बचाउँछ।

उसो त कृष्णाजी रावले आफ्नो करियरमा धेरै फिल्ममा काम गरिसकेका छन्। तर, ‘केजीएफ’ पछि उनको लोकप्रियता निकै बढ्यो, जसकारण उनले लगातार ३० फिल्ममा अभिनय गरे।

मंसिर २२, २०७९ बिहीबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।