राजकीय भ्रमणमा साउदी अरब पुगे चिनियाँ राष्ट्रपति सी, वायुसेनाको लडाकु विमानले दियो सुरक्षा

राजकीय भ्रमणमा साउदी अरब पुगे चिनियाँ राष्ट्रपति सी, वायुसेनाको लडाकु विमानले दियो सुरक्षा

एजेन्सी: साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ साउदी अरब पुगेका छन्। चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन उनी साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद पुगेका हुन्।

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको स्वागत गरेको थियो।

त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए।

मंसिर २२, २०७९ बिहीबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।