बङ्गलादेशमा कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा दिइँदै

बङ्गलादेशमा कोभिड-१९ विरुद्धको खोपको चौथो मात्रा दिइँदै

एजेन्सी : बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गर्ने भएको छ।

कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने स्वास्थ्य सेवा महानिर्देशनालयका वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गरे।

त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरूलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उनले बताए। बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरूले जानकारी दिएका छन्।  

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढि मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन्।  यहाँँ ६ करोड २० लाखभन्दा बढी मानिसहरूले बुस्टर मात्रा प्राप्त गरेका छन्।

बङ्गलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ।

बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

मंसिर २१, २०७९ बुधबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।