अमेरिकी अदालतद्वारा जमाल खशोग्गीकाे मुद्दामा साउदी युवराजविरुद्धको मुद्दा खारेज

अमेरिकी अदालतद्वारा जमाल खशोग्गीकाे मुद्दामा साउदी युवराजविरुद्धको मुद्दा खारेज

एजेन्सी : अमेरिकी अदालतले साउदी पत्रकार जमाल खशोग्गीको मृत्युको सम्बन्धमा युवराज मोहम्मद बिन सलमानविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ।

वासिङ्टनका संघीय न्यायाधीशले आफ्नो फैसला सुनाउँदै राष्ट्रपति जो बाइडेनले दिएको उन्मुक्ति (छूट)का कारण मुद्दा खारेज गरिएको बताए।

अमेरिकी जिल्ला न्यायाधीश जोन बेट्स मुद्दा खारेज गर्न हिचकिचाइरहेका थिए। तर, राष्ट्रपतिको निर्णय आएपछि उनले खारेज नगर्नुको विकल्प थिएन।

२५ पृष्ठको फैसलामा न्यायाधीश जोन बेट्सले भने, ‘अदालतको असहजता, मोहम्मद बिन सलमानको प्रधानमन्त्रीमा नियुक्ति र जमाल खशोग्गी हत्यामा उनको संलग्नताको कडा आरोप दायर हुँदाहुँदै अमेरिकी सरकारले उनलाई निर्दोष बताएर प्रतिरक्षा गरेको छ।’

मोहम्मद बिन सलमानको राज्य प्रमुखको रूपमा नियुक्तिको वरपरको परिस्थितिलाई उल्लेख गर्दै न्यायाधीश जोन बेट्सले भने कि साउदी राजा सलमानले सेप्टेम्बरमा शाही आदेशद्वारा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

जमाल खशोग्गीको अक्टोबर २०१८ मा इस्तानबुलस्थित साउदी दूतावासमा हत्या भएको थियो। अमेरिकी गुप्तचर अधिकारीहरूले क्राउन पिनले जमाल खशोग्गीको हत्याको आदेश दिएको विश्वास गर्छन्।

यद्यपि साउदी युवराजले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्।

मंसिर २१, २०७९ बुधबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।