भारतमा दिल्ली नगर निगमको मतगणना सुरू, एक्जिट पोलमा बहुमतसहित केजरीवालको पार्टी पहिलो बन्ने प्रक्षेपण

भारतमा दिल्ली नगर निगमको मतगणना सुरू, एक्जिट पोलमा बहुमतसहित केजरीवालको पार्टी पहिलो बन्ने प्रक्षेपण

एजेन्सी : भारतको राजधानी दिल्ली नगर निगमको निर्वाचनको नतिजा आज सार्वजनिक हुँदैछ। बिहान ८ बजेबाट मतगणना सुरु भएकाे छ।

दिल्लीमा सीमांकनपछि यो पहिलो नगरपालिकाको निर्वाचन हो। महानगरपालिकाका २५० वडाका लागि डिसेम्बर ४ मा मतदान भएको थियो।

एक्जिट पोलकाअनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्त्वको आम आदमी पार्टीको जित हुने भविष्यवाणी गरिएको छ। भाजपालाई दोस्रो ठूलो पार्टी हुने अनुमान छ।

भारतीय जनता पार्टी(भाजपा)ले विगत १५ वर्षदेखि दिल्ली नगर निगममा शासन गर्दै आएको छ।

गत चुनावमा भाजपाले २७० वडामध्ये १८१ स्थानमा जितेको थियो। आम आदमी पार्टीले ४८ र कांग्रेसले २७ वडामा जित हासिल गरेको थियो।

मतगणनाका लागि ४२ वटा स्ट्रङ्गरुम बनाइएको छ। सबै केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आयोगले मतगणनाको निरीक्षणका लागि ६८ जना पर्यवेक्षक खटाएको छ भने इलेक्ट्रोनिक भोटिङ मेसिनमा प्राविधिक त्रुटि देखिए तत्कालै समाधान गर्न १३६ इन्जिनियर पनि खटाएको छ।

मंसिर २१, २०७९ बुधबार ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।