महिनावारीको रगत अनुहारमा किन लगाइरहेछन् बार्सिलोनाका महिला ?

महिनावारीको रगत अनुहारमा किन लगाइरहेछन् बार्सिलोनाका महिला ?

एजेन्सी : धेरै पटक सामाजिक सञ्जालमा अनौठा कुराहरू सुन्न र देख्न पाइन्छन्, जुन एकदमै फरक हुन्छन्। जसको बारेमा कसैले सोचेको पनि हुँदैनन्।

पछिल्लो समय महिलाहरूमा यस्तै एउटा चलन सुरु भएको छ, जसमा अनुहारमा महिनावारीको समयमा रगतको प्रयोगले छाला गोरो बनाउँछ भन्ने दाबी गरिएको छ। यो प्रवृत्तिलाई मापन मास्किङको नाम पनि दिइएको छ।

बार्सिलोनाकी ३१ वर्षीया महिलाले यो ट्रेन्ड सुरु गरेकी थिइन्। उनको ट्रेन्ड टिकटकमा केही समयमै भाइरल भएको थियो। उनले सेयर गरेको भिडियोलाई ११ लाखभन्दा बढिपटक हेरिएको छ।

यो देखेपछि अन्य महिलाले पनि यसलाई प्रयोग गरिरहेका छन्। यो कुरा सुन्दा निकै अनौठो लाग्छ तर धेरैले यसलाई सहि बताइरहेका पनि छन्। कतिपयले यो निकै अनौठो छ भन्ने विश्वास समेत गर्छन् भने विज्ञहरू यसको प्रयोग नगर्न सल्लाह दिइरहेका छन्।

डेर्या नामकी महिलाले छालामा महिनावारीको रगत प्रयोग गर्दा अनुहारमा चमक आउने दाबी गरेकी छन्। यसका लागि महिलालाई नराम्रोसँग ट्रोल पनि गरिएको छ तर यसका बाबजुद उनले यो रगतमा फोहोर केही नभएको बताएकी छिन्। 

डेली स्टार’को खबरअनुसार अनुहारमा महिनावरीको रगत लगाउने यी महिला मात्र होइनन्। अन्य धेरै महिलाहरू छन्। ट्रोल भए पनि उनले आफूले गलत नगरेको बताउँछिन्।

उनी भन्छिन्, ‘यो रगत बच्चा जन्माउन र जीवन दिन उपयोगी हुन्छ। यस्तो अवस्थामा यसमा सबै स्टेम सेलहरू र त्यस्ता पोषक तत्वहरू हुन्छन्, जुन हाम्रो छालालाई पनि चाहिन्छ। यसले तपाई्रको शरीर र छालाको राम्रो गर्दछ।’

‘वेरीवेलहेल्थ’का अनुसार मानिसको नसा र महिनावारी हुँदा बग्ने रगत एउटै हुन्छ। महिनावारीको रगतमा एन्डोमेट्रियमका तन्तुहरू पनि मिसिन्छन्।

विज्ञहरू भने यस्तो रगत प्रयोग गर्न आफूहरूले सल्लाह नदिएको बताउँछन्। केमिकल इन्जिनियर र स्किन मास्टरक्लासका संस्थापक सिग्देम केमल इलमाजले मानिसहरूलाई महिनावारी मास्किङ चलनबाट टाढा रहन चेतावनी दिएका छन्।

महिनावारीको रगतले छाला राम्रो हुने कुरा वैज्ञानिक रूपमा प्रमाणित नभएको उनको भनाइ छ। यसको प्रयोगले अनुहारमा क्षति पुर्याउनसक्ने र अनुहार बिगार्नसक्ने उनले चेतावनी दिए।

मंसिर २०, २०७९ मंगलबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।