हनी ट्र्यापिङकाे आरोपमा युट्युबर नम्रा पक्राउ, बलात्कार मुद्दामा फसाउने धम्की दिएर ८० लाख लुटियो

हनी ट्र्यापिङकाे आरोपमा युट्युबर नम्रा पक्राउ, बलात्कार मुद्दामा फसाउने धम्की दिएर ८० लाख लुटियो

एजेन्सी : भारतकाे दिल्ली प्रहरीले एक व्यापारीलाई हनीट्र्यापमा पारी ८० लाख रूपैयाँ लुटेको आरोपमा एक युट्युबरलाई पक्राउ गरेको छ। नम्रा कादिर नामकी यी युट्युबरले एक निजी कम्पनीका मालिकलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएकी थिइन्।

कादिरलाई सोमबार दिल्लीबाट पक्राउ गरी म्याजिस्ट्रेट अदालतमा पेश गरिएको थियो जहाँबाट उनलाई ४ दिनको प्रहरी हिरासतमा पठाइएको भास्करले समाचार लेखेकाे छ।

कादिरका श्रीमान् र घटनाका सहयोगी मनिष उर्फ ​​विराट बेनिवाल हाल फरार छन्। उनको खोजीमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कादिरले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ। पीडितबाट उनले लिएको पैसा र सामान फिर्ता गर्ने प्रयास भइरहेको छ।

नम्रा कादिर २२ वर्षकी भइन् र युट्युबमा ६ लाख १७ हजारभन्दा बढि सब्सक्राइबर छन्। अगस्टमा बादशाहपुरका व्यापारी २१ वर्षीय दिनेश यादवले कादिरविरुद्ध उजुरी दिएका थिए। तर, कादिर र उनका पतिले अन्तरिम जमानतको लागि अदालत गएका थिए।

अदालतले यो याचिका खारेज गरेपछि नोएडा सेक्टर ५० पुलिस स्टेशनमा नोभेम्बर २६ मा उनीहरूविरुद्ध एफआईआर दर्ता गरिएको थियो। उक्त रिपोर्टमा कादिर र बेनिवाल दिल्लीको शालिमार गार्डेनका बासिन्दा रहेको उल्लेख छ।

विज्ञापन फर्म चलाउने दिनेशले केही समयअघि आफू कादिरसँग सम्पर्कमा आएको प्रहरीलाई बताए। त्यसपछि बेनिवाल पनि साथमा थिए। कादिरले आफ्नो च्यानलमा आफ्नो व्यापार प्रवर्द्धन गर्न २ लाख रूपैयाँ मागेका थिए।

दिनेशले भने, ‘केही दिनपछि कादिरले मलाई मन पराउने र बिहे गर्न चाहेको बताए। त्यसपछि हामी दुवै मिल्ने साथी भयौं। अगस्टमा, म कादिर र मनिषसँग क्लब गएँ, जहाँ उनीहरूले रातको लागि कोठा बुक गरे। भोलिपल्ट बिहान उठ्दा कादिरले बैंकका सबै कार्ड र स्मार्ट घडी मागिन्। मैले उसको कुरा नसुने भने मलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिइन्।’

दिनेशका अनुसार दुवैले मिलेर उनीबाट ८० लाखभन्दा बढि र गिफ्ट सामान लिएका थिए। यो कुरा दिनेशले बुबालाई बताएपछि उनी प्रहरीमा उजुरी दिन लगे।

मंसिर २०, २०७९ मंगलबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।