जर्मनीमा विद्यालय जाँदै गरेका छात्राहरूमाथि चक्कु प्रहार, एक बालिकाकाे मृत्यु

जर्मनीमा विद्यालय जाँदै गरेका छात्राहरूमाथि चक्कु प्रहार, एक बालिकाकाे मृत्यु
तस्बिर– रोयटर्स

एजेन्सी : दक्षिणी जर्मनीमा विद्यालय जाँदै गरेका छात्राहरूमाथि एक व्यक्तिले चक्कु प्रहार गरेका छन्।

आक्रमणमा एक १४ वर्षीया छात्राको मृत्यु भएको छ भने अर्की १३ वर्षीया बालिका घाइते भएकी छन्।

प्रहरीका अनुसार संदिग्ध आक्रमणकारीले सोमबार बिहान इल्लर्किर्चबर्ग गाउँमा रहेको शरणार्थी शिविरबाट बाहिर निस्केर विद्यार्थीमाथि आक्रमण गरेको हो ।

पछि जेठी बालिकाको अस्पतालमा मृत्यु भयो। घटनाको सन्दर्भमा जर्मन प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी इरिट्रियाका शरणार्थी हुन्। उनको साथबाट आक्रमणमा प्रयोग भएको चक्कु पनि बरामद भएको छ।

घटनामा अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ। शंकास्पद व्यक्तिलाई प्रहरीको निगरानीमा अस्पतालमा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटनालाई विदेशी वा शरणार्थीविरुद्ध भावना भड्काउन प्रयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

मंसिर २०, २०७९ मंगलबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।