‘बीबीसी १०० महिला’को सूची सार्वजनिक, यसपाली पनि परेनन् नेपाली महिला

‘बीबीसी १०० महिला’को सूची सार्वजनिक, यसपाली पनि परेनन् नेपाली महिला

काठमाडौ : बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको उत्प्रेरक र प्रभावशाली सय महिलाको सूचीमा यसपटक नेपालका कोही पनि परेका छैनन्।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ।

सन् २०२१ मा पनि नेपालका कुनै पनि महिला त्यो सूचीमा परेका थिएनन्। तर सन् २०२० मा भने पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी सपना रोका मगर परेकी थिइन्।

१८ वर्षीया सपना म्याग्दीको मंगला गाउँकी हुन्। घरबाट पढ्न भनेर काठमाडौं आएकी उनले अहिलेसम्म दर्जनौं बेवारिसे शबलाई दागबत्ती दिइसकेकी छन्।

मंसिर २०, २०७९ मंगलबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।