पाकिस्तानमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

पाकिस्तानमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

एजेन्सी: पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतङ्ककारी मारिएका छन्। पाकिस्तानी सेनाको सञ्चार इकाईका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित झल्लार जिल्लाको अल्गाद क्षेत्रमा गरिएको कारबाहीमा एक जना सैनिक जवानको पनि मृत्यु भएको छ।

कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीच भीषण गोली हानाहान भएको थियो। मारिएका आतङ्रीबाट हतियार र गोलाबारुद बरामद गरिएको छ।

उनीहरूले सुरक्षा बलविरुद्ध आतङ्ककारी गतिविधि गरेका तथा निर्दोष नागरिकलाई आक्रमणको निशाना बनाउँदै आएका थिए। उक्त क्षेत्रमा सैन्य कारबाही जारी छ।

मंसिर २०, २०७९ मंगलबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।