आईओएमले गर्‍यो लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार

आईओएमले गर्‍यो लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार

एजेन्सी: आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ। यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो।

सन् २०२२ को सुरुबाट हालसम्म एक हजार ८९ महिला र ६७८ बालबालिकासहित कुल २१ हजार ४५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ।

यस वर्ष अहिलेसम्म कुल ५१७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने ८३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले थप जानकारी दिएको छ।

सन् २०२१ मा कुल ३२ हजार ४२५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो। सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ।

मंसिर २०, २०७९ मंगलबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।