महेश बाबु र एस एस राजामौलीको फिल्मको शुटिङ कहिलेबाट ?
एजेन्सी: चर्चित दक्षिण भारतीय फिल्म निर्देशक एस एस राजामौली र अर्का दक्षिण भारतीय सुपरस्टार महेश बाबु एउटा फिल्मा सँगै काम गर्ने तय भइसकेको छ। फिल्म ठूलो बजेटमा ग्राण्ड सेटमा बन्ने भनेर यसअघि नै बताइसकिएको छ।
अब भने फिल्मको शुटिङ सेड्युल र सम्भावित नामबारे खुलासा भएको छ। फिल्मको नाम तय त भइसकेको छैन। तर यसलाई हाल 'एसएसएमबी २९' राखिएको छ। अर्थात् एस एस राजामौली र महेश बाबुको नामको अगाडि अक्षर यसमा जोडिएको छ।
यसअघि 'आरआरआर'मा पनि फिल्मका नायक राम चरणको 'आर', एनटीआरको 'आर' र निर्देशक राजामौली स्वयंको 'आर' समावेश भएको थियो।
नयाँ फिल्म एसएसएमबी २९ मा चाहिँ हिरोइन दीपिका पादुकोण हुने चर्चा छ। यद्यपि यो फाइनल भने भइसकेको छैन।
यस्तै फिल्मको शुटिङ आगामी वर्ष अर्थात् सन् २०२३ को जुन र मे महिनामा सुरु हुनेछ। फिल्मका लेखक उनै विजयेन्द्र प्रसाद हुन् जसले बाहुबली र आरआरआर जस्ता चर्चित फिल्म लेखेका थिए।
हालसम्मकै उत्कृष्ट एक्सन एडभेन्चर फिल्म भनिएको 'इण्डियाना जोन्स'कै शैली पछ्याएर एसएसएमबी २९ बनाउने राजामौलीले सार्वजनिकरूपमै बताइसकेका छन्। फिल्मबारे थप जानकारी दिइँदै गरिने निर्माण युनिटले जनाएको छ।
मंसिर २०, २०७९ मंगलबार ११:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।