आहा ! कति राम्रा नेपाली घरहरू... [फोटोकथा]
![आहा ! कति राम्रा नेपाली घरहरू... [फोटोकथा]](https://www.ukeraa.com/images/news/16702962571670296257.png )
सुर्खेतः दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ उममा ढुङ्गाको छाएका सयौँ वर्ष पुराना घरहरू छन्। कलात्मक र परम्परागत यी घरहरूमा ढुङ्गाकै गारो अनि ढुङ्गाकै छानो भेटिन्छ।
परम्परागत रूपमा ढुङ्गा, माटो र काठबाट बनाइएका घरहरूमा ढुङ्गा (पत्थर)कै छानो लगाउने गरिन्थ्यो।
यस्ता घर गाउँले आफैँले बनाउँथे। स्थानीय नरसिंह मल्लका अनुसार धेरै टाढा–टाढाको खानीबाट दिनहुँ गाउँलेहरू मिली डोकोमा बोकेर पालैपालो सबैका घर बनाउन ढुङ्गा ल्याउँथे।
मल्लका अनुसार पछिल्लो समय सिमेन्ट र इँटाबाट स्थानीयले घर बनाउन थालेका छन्। ढुङ्गा र खरको छानोको स्थानमा टिनको छानो आएको छ। विस्तारै परम्परागत घर लोप हुँदैछन्।
मंसिर २०, २०७९ मंगलबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।